पोखरा । पछिल्लो २४ घन्टामा देशभर थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १०४९४ जनामा गरिएको पीसीआर परिक्षणमा १५३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
यो संख्या एकैदिनमा कोरोना संक्रमित भेटिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ। मन्त्रालयका प्रबक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या १६२४२ रहेको छ ।