पाेखरा।पाेखरामा थप ६६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
बिहिवार पाेखरा- १५ मा कार्यरत ४० जना नेपाल प्रहरी सहित पाेखराका विभिन्न वडामा काेराेना संक्रमित थपिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यसैगरी लमजुङका ५ र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ सय ८० पुगेको छ ।