पाेखरा।सिद्धार्थ गाैतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाेखरा -२७ तालचाेकमा सेवा केन्द्र शुभारम्भ गरेको छ ।
सेवा केन्द्रकाे शुक्रवार शुभारम्भ गर्दै गण्डकी प्रदेश सभा सदस्य एवम् आर्थिक तथा विकास समितिका सभापति दिपक कोइरालाले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने वताए ।अार्थिक,सामाजिक तथा साँस्कृतिक विकासमा सहकारीले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै उनले काेराेना कहरमा सहकारी अाफ्ना सदस्यकाे सुखदुःखकाे साथी बन्नु पर्ने सुझाव दिए।
पाेखरा-२७ का वडा अध्यक्ष पुर्ण बहादुर गुरुङले पाेखरा महानगर भित्र झण्डै ३५८ वटा सहकारी दर्ता भएको उल्लेख गर्दै सहकारीहरु सहकारी ऐन र नियमावली अनुसार संचालन हुनु पर्नेमा जाेड दिए।
संस्थाका अध्यक्ष खेम बहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रवि रमण तिवारी ,कास्की जिल्ला बचत तथा ऋण संघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना,नेपाल वितरक महासंघका पुर्व अध्यक्ष गाेविन्द कर्माचार्य ,स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्ण
प्रसाद बाँस्ताेला,लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम जमरकट्टेल ,पाेखरा उद्योग वाणिज्य संघका सदस्य चिन्तामणी बास्ताेला,समाजसेवी राजेन्द्र मणि लामिछाने ,विराट कृषि सहकारी लेखनाथका अध्यक्ष कुल प्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य संस्था का उपाध्यक्ष जगदीश गाैतमले गरेका थिए भने संचालन संस्था का सचिव सरिता तिम्सिना पगेनी र सहकारीका सात सिद्धान्त बाचन संचालक समितिका सदस्य सुनकुमारी गुरुङले गरेकी थिईन।
अमरसिंह चोकमा मुख्य कार्यालय रहेको सो सहकारीले पोखरा महेन्द्रपुलको अन्नपूर्ण सुपरमार्केट र तालचोकमा रहेको सेवा केन्द्रसहित तीन स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थाका प्रवन्धक विजयराज पगेनीले जानकारी दिए।