कास्की। नेपाल तरुण दल कास्कीले गणेशमान सिंहको स्मृति दिवसको अवसरमा राहत बितरण कार्यक्रम गरेको छ। कार्यक्रम नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको प्रमुख आतिथ्यता, तरुण दल कास्की क्षेत्र नं ३ का अध्यक्ष बिकास गुरुङको संयोजकत्व तथा तरुण दल माछापुच्छ्रे गाउँपालिका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। माछापुच्छ्रे ८, ल्वाङ घलेल गाउँमा केहि दिन अगाडि भएको भारी बर्षाले आजिमन परियारको घरमा क्षति पुगेको हुंदा तरुण दलले २० हजार सहयोग गरेको छ। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सोनु
गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने ल्वाङ आमा समुहकी अध्यक्ष डम्मर कुमारी गुरुङले तरुण दलको प्रशंसा गरेकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले तरुण दलको देशब्यापी कार्यक्रमको जानकारी दिदै
जनतालाई दु:ख पर्दा आउँदा दिनमा समेत यस्ता राहत बितरणका कार्यक्रमहरु लिएर जनतामाझ पुग्ने र सु:ख-दु:ख दुबैमा सदैब जनतालाई सहयोग गर्ने बताए। नेता गुरुङले आगामी कांग्रेसको महाधिवेशनमा युवाहरूले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने जनाए।
कार्यक्रममा नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मधुसूदन अधिकारी, नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापा जिल्ला सदस्य लक्ष्मण पहारी, स्थानीय तह समन्वय बिभाग सदस्य टेकन सुब्बा गुरुङ, तरुण दलका जिल्ला कोषाध्यक्ष जीवन बास्तोला, नेपाली कांग्रेसका युवा नेता मेख तामाङ लगायतले आफ्नो मन्तव्य राख्दै गणेशमान सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उक्त कार्यक्रममा माछापुच्छ्रे ८ का पार्टी सभापति सम बहादुर गुरुङ, पंजा गुरुङ, डम्मर कुमारी गुरुङको हातबाट तरुण दलले ल्याएको २० हजार राहत रकम पीडित आजिमान परियारलाई हस्तान्तरण
गरिएको थियो। उक्त कार्यक्रममा तरुण दल जिल्ला सदस्य खिमलाल पहारी, तुल बहादुर भुजेल, तरुण दल अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिजय गुरुङ, नगर सचिब नारायण पहारी, ने.वि. संघ कास्कीका नेता अर्जुन बहादुर अधिकारी लगायको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम माछापुच्छ्रे १ का वडाध्यक्ष बिरेन्द्र गुरुङले संचालन गरेका थिए र भरत गुरुङले समापन गरेका थिए।