महिला मिलन समुह पाेखरा- ३ काे अध्यक्षमा लक्ष्मी अधिकारी

0
1079

पाेखरा। महिला मिलन समूह पाेखरा- ३ काे अध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ।साेमबार पाेखरामा सम्पन्न समूहकाे  २०अाैं बार्षिक साधारणसभा तथा १४ अाैं अधिबेशनले अधिकारीकाे संयाेजकत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हाे।

समुहको उपाध्यक्षमा देबी पराजुली ,सचिवमा विन्दु पाण्डे र काेषाध्यक्षमा विष्णु देवी पराजुली चयन हुनुभएकाे छ भने सहसचिवमा कल्पना पाण्डे चयन हुनु भएको छ।

त्यसैगरी सदस्यहरुमा यशाेधा घिमिरे,टीका हमाल ,जमुना पराजुली ,भागिरथी सुवेदी पराजुली ,लक्ष्मी पाैडेल,उर्मिला पराजुली र सीता अधिकारी चयन हुनुभएकाे छ।

यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै समुहका जेष्ठ सदस्य माया पराजुलीले समाज परिवर्तनका लागि महिला समुहले महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनु भयाे।

उहाँले महिला समुहहरु समाजमा रहेका विकृति र विसङ्गती हटाउन लागि परेको उल्लेख गर्दै अागामी दिनमा महिलाको शसक्तिकरणका क्षेत्रमा महिला समुहले थप याेगदान दिन अाबश्यक रहेको उल्लेख गर्नु भयाे।

पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य एवं समुहका संस्थापक अध्यक्ष लक्ष्मी पराजुलीले अहिलेकाे समयमा समतामूलक समाज निर्माणका लागि महिला समुहले भुमिका खेल्नु पर्ने बताउनु भयाे।स्थानीय सरकारले महिलाका पक्षमा काम गर्दै अाएकाे उल्लेख गर्दै महिला समूहलाई सहयोग गर्न अाफु सधैं लागि परेको बताउनु भयाे।

क्रियाशील पत्रकार महिला समूह गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनीले महिला समुहले विकास निर्माणका साथै महिलाको नेतृत्व र व्यक्तित्व विकासमा समेत ध्यान दिनु पर्ने बताउनु भयाे।राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता अाबश्यक रहेको उल्लेख गर्दै उहाँले जुनसुकै क्षेत्रकाे नेतृत्व गर्नका लागि पनि महिलालाई सक्षम बनाउने काम महिला समूह जस्ता संस्थाले गरेकाे बताउनुभयो ।

समुहका पुर्व अध्यक्ष शान्ति पराजुलीलेले महिला समुहमा अाबद्द भएर महिलाहरुले सामाजिक सेवामा महत्त्वपूर्ण याेगदान दिएको बताउनुभयो ।

त्यसैगरी समुहका पुर्व अध्यक्ष गीता कुवँरले समाजका हरेक गतिविधिमा महिलाले पनि सक्रिय सहभागीता जनाउनु पर्नेमा जाेड दिनुभयो ।

निर्वाचन समितिका संयाेजक समाजसेवी बन्धुराज पाैडेलले सामाजिक हितका

सवालमा महिला एकजुट भएर काम गर्न सुझाब दिनुभयाे।

समुहका अध्यक्ष पुर्णकुमारी खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका पुर्व अध्यक्ष

सावित्रा पराजुली ,बिष्णु कुमारी पराजुलीले शुभकामना मन्तब्य राख्नु भएको थियाे।

सचिवकाे प्रतिबेदन समुहका  सचिव गिता पाैडेलले प्रस्तुत गर्नु भएको थियाे भने काेषाध्यक्षकाे प्रतिबेदन समुहका काेषाध्यक्ष कल्पना पाण्डेले प्रस्तुत गर्नु भएको थियाे।

कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन सचिब गीता पाैडेलले गर्नु भएको थियाे।

२०५२ सालमा स्थापना भएको समुहमा अहिले ७९ जना सदस्य रहेका छन्।