काठमाडौं । रामकान्त न्यौपानेको प्रस्तुती रहेको ”ए झरी” सार्वजनिक भएको छ । रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्दरसंगीत रहेको छ ।
बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन् । चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन ।
मिलन विश्वकर्माको सम्पादन गरेको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ ।
म्युजिक भिडियो Namaste plus YouTube channel बाट सार्वजनिक भएको छ ।