पाेखरा।रुपा-पाेखरा सम्पर्क समाजको शनिबार पाेखरामा सम्पन्न तेस्रो साधारणसभा तथा दाेश्राे अधिबेशनले खेम बहादुर गुरुङकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा सरिता तिम्सिना पगेनी ,सचिवमा अानन्द सुवेदी ,सह -सचिवमा तारा बहादुर घिमिरे र काेषाध्यक्षमा सुनकुमारी गुरुङ चयन हुनुभएको छ।
त्यसैगरी समितिकाे सदस्यमा वयान बहादुर गाेदार,माेहन माया गुरुङ ,भाेजराज घिमिरे ,शुदर्शन पाैडेल र शुस्मा अाचार्य रहनु भएको छ।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व सभासद कृण्ण बहादुर गुरुङले समाज रुपान्तरणका लागि सामाजिक संघसंस्थाकाे महत्त्वपूर्ण भुमिका रहने बताउनु भयाे।
समाजका अध्यक्ष खेम बहादुर गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरिता तिम्सिना पगेनीले सचिवकाे प्रतिबेदन र काेषाध्यक्ष सुनकुमारी गुरुङले काेषाध्यक्षकाे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे।
कास्कीको रुपा गाउँपालिका पुर्ख्याैली घर भई पाेखरामा बसाेवास गर्दै अाएका ब्यक्तिहरु विच पारस्परिक सहयोग ,सद्भाव ,समझदारी र एकताको भावनात्मक सम्बन्ध विस्तार गर्नका साथै पुर्ख्याैली थलाेकाे समग्र विकास गर्ने उदेश्यले २०७४ सालमा संस्था गठन गरिएको अध्यक्ष गुरुङले बताउनु भयाे।
कार्यक्रममानेपालीकाे महान पर्व बिजया दशमीकाे उपलक्ष्यमा शुभकामना अादान-प्रदान समेत गरिएको थियाे।