पाेखरा । पाेखराकी ज्याेत्सना उदासले रक्तदान कार्यक्रमकाे अायाेजना गरि जन्मदिन मनाएकी छन्।
९९ बर्षका हजुरबुबा दुधमान उदास र हजुरअामा सन्तमाया उदासकाे अभिभावकत्वमा उनले पहिलोपटक केक नकाटिकन रक्तदान गरेर जन्मदिन मनाएको उनका बुवा प्रकाश उदासले जानकारी दिए।
रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा उनका आफन्तजन साथी भाईहरूले रक्तदान गर्नुभएको थियो ।
रक्तदाताहरू प्रकाशमान उदास, ज्योति उदास , ज्योत्स्ना उदास , सुभेच्छा तुलाधर , शान्ति उदास , अमृत पालक ,सबनम पालक , सोनम पालक , एलिसा श्रेष्ठ, शरण शाक्य, रीता उदास, मिखा पालिखे, आयुष उदास, प्रशन्न कायस्थ, आदेश गुरूङले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुहुने रक्तदाताहरूलाई विशेष प्रोत्साहित गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकालले जन्मदिन उदाहरणीय मानवीय कार्य गर्दै मनाएको उल्लेख गर्दै ज्योत्स्ना उदासलाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।
गण्डकी अटो मेकानिकल वर्क्स कास्कीका अध्यक्ष सानुमान जलारीले कार्यक्रममा विशेष सहभागिता जनाउँदै पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरूलाई प्रोत्साहित गर्नु भएको थियो ।
प्राविधिक सहयोगी रक्त संचार केन्द्र र रक्तदाताहरूलाई ज्योत्सना उदास आफैले श्रृजना गरेको तस्वीर र कप मैत्रीमय उपहार प्रदान गरिएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने रक्त संचार केन्द्र , कास्की ,नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल , गण्डकि अटो मेकानिकल वर्क्सका अध्यक्ष सानुमान जलारी , सम्पूर्ण रक्तदाता लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्णलाई उनका बुवा प्रकाश उदासले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।