पोखरा- ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

0
555
Western Regional Hospital of Pokhara in Kaski district. Photo: Bharat Koirala

पोखरा  । पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा- ९ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएर आईसियुमा रहेकी महिलाको आज बिहान ८ बजे निधन भएको हो ।

उनमा कोरोनासहित निमोनिया, डाइबिटिजको समस्या रहेको अस्पतालले जनाएको छ ।