पोखरा । संयुक्त देशभक्त मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण एवं सम्मान कार्यक्रम रद्ध गर्न सरकार संग माग गरेको छ ।शनिबार मोर्चाका प्रबक्ता रामबहादुर पौडेल द्धारा जारी प्रेस बिज्ञप्तिमा भारतीय सेनाध्यक्ष नरबणेको नेपाल भ्रमण नेपाल र नेपालीको हितमा नरहेको भन्दै भ्रमण र सम्मान कार्यक्रम रोक्न माग गरिएको छ ।
कालापानी बारे बिबादित अभिब्यक्ति दिदै नेपाल कसैको इसारामा चलिरहेको भन्ने निन्दनीय र लज्जास्पद अभिब्यक्ति दिएका भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाले सम्मान नर्गन मोर्चाले सरकार संग माग गरेको छ ।
प्रधानसेनापती पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवणे यहि कार्तिक १९ गते ३ दिने नेपाल भ्रमणका लागि आउन लागेको र कार्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।