कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

0
728

 

पोखरा ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको ६३ बर्षको उमेरमा निधन भएको छ । सोमबार राती निवासमै  निधन भएको परिवारले जनाएको छ ।

केही समयदेखि सुगर र प्रेसरकाे  विरामी  केसीको सुगरकाे कारण  निधन भएको परिवारले अनुमान लगाएका छन ।

केसी पहिलो संविधानसभामा राप्रपाबाट सभासद बनेका थिए । प्रतिनिसभा चुनावकाे बेलामा केसी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् ।

रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल उद्यमी हुन । सामाजिक क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ ।