काेराेना संक्रमणका कारण पाेखरा-५ की ५९ बर्षीया महिलाको मृत्यु

0
690

पाेखरा। काेराेना संक्रमणका कारण पाेखरामा थप एक जनाको ज्यान गएको छ।पाेखरा -५ कि ५९ बर्षीया महिलाको गएराति पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत काेभिड-१९ उपचार केन्द्रमा  उपचारको क्रममा ज्यान गएकाे अस्पतालले जनाएको छ।

१४ कार्तिकमा काेभिड -१९ संक्रमण भई अस्पताल भर्ना भएकी ती महिलाकाे गएराति ११ बजे उपचारको क्रममा मृत्यु भएको हाे।

उनमा निमाेनिया लगायतको समस्या रहेको अस्पतालका निर्देशक सह- प्रा.डा.अर्जुन अाचार्यले जानकारी दिए।