कास्कीमा थप १०० जनामा काेराेना संक्रमण

0
568

 

पाेखरा।कास्कीका थप १०० जनामा काेराेना संक्रमण पुष्टि भएको छ।बिहिवार मध्याह्न १२ बजे सम्मकाे स्वास्थ निर्देशनालय गण्डकीकाे अद्यावधिक विवरणमा १०० जना संक्रमित थपिएको जनाईएकाे छ।

त्यसैगरी नवलपरासीपूर्वमा ४७, बाग्लुङमा दुई,पर्वतमा १४, स्याङ्जामा दुई ,लमजुङमा दुई र तनहुँमा ११ जना थपिएको निर्देशनालयले जनाएको छ । हालसम्मको अद्यावधिक विवरणमा गण्डकी प्रदेशमा १७८ संक्रमित थपिएका छन् ।