पोखरा । देशभर पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ ।
२ हजार २०६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी आजसम्म देशभर एक हजार ११४ जना क्वारेन्टिनमा रहेका छन् ।