पोखरा। कार्तिक शुक्ल प्रतिपदा परेका दिन आइतबारसाँझ नै नेवार समुदायका मानिसले आफ्नो म्हःपूजा पर्व मनाएका छन्। यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन्। एकथरी नेवार समुदायले आइतबार म्हःपूजा गरेका हुन्। अर्काथरीले भने आज सोमबार गर्दै छन्।
शुक्ल प्रतिपदा परेका दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गर्ने परम्परा रहेको बगलामुखी पात्रोका पञ्चाङ्गकार शशिधर जोशीले जानकारी दिए। यस वर्ष आइतबार साँझ नै शुक्ल प्रतिपदा परेकाले यसै दिन पूजा गर्नुपर्ने निर्णय गरिएको उनले बताए।
सोमबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने जानकारी गराएका छन्। यस अवसरमा मंसिर २ गते पनि सरकारले सार्वजनिक बिदा दिएको छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. गौतमले राससलाई जानकारी दिए।
आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ।
photo : Sabin shrestha