काेराेना संक्रमणका कारण पाेखरामा  ७ जनाकाे मृत्यु

0
1997

 

पाेखरा।पाेखरामा काेराेना संक्रमणका कारण शुक्रबार एकै दिन ७ जनाकाे मृत्यु भएको छ।

पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत काेभिड -१९ उपचार केन्द्रमा उपचारकाे क्रममा पाेखरा -९ का ६८ बर्षीय पुरुष,पाेखरा -२१ का ७५बर्षीय पुरुष ,पाेखरा -१७ का २९ बर्षीय पुरुष र पाेखरा -१३ का ५५ बर्षीय पुरुषकाे  ज्यान गएको  अस्पतालका निर्देेशक सह प्रा. डा अर्जुन अाचार्यले जानकारी दिए।

त्यस्तै, पोखरा  -२७ का ७१ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत उनको गएराती १ बजेर ४० मिनेटमा मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पाेखरा ८ का ५४बर्षीय पुरुषको पनि काेराेना संक्रमणका कारण मृत्यु भएको छ। पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार विहान ३ बजेर ४० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालय द्वारा जारी बिज्ञप्तिमा जनाईएकाे छ।

 

त्यसैगरी पोखरामा उपचाररत तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षिय कोरोना संक्रमित पुरुषकोपनि मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार विहान ९ः३० बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।