पाेखरा । गण्डकीमा थप एक काेराेना संक्रमितको मृत्यु भएको छ।तनहुँ भिमाद -५ का ६६ बर्षीय पुरुषको काेराेना संक्रमणका कारण मृत्यु भएको हो।
पाेखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पाेखरामा उपचाररत उनको शुक्रबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
उनमा कार्तिक २८ गते काेराेना संक्रमण पुष्टि भएको थियाे।उनमा निमाेनिया लगायतका समस्या रहेको बताईएकाे छ।
यश अघि अाज नै ७ जना काेराेना संक्रमितकोकाेराेना संक्रमणका कारण मृत्यु भएको थियाे।
गण्डकीमा काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३९ पुगेको छ।