पाेखरामा ल्याण्ड गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घटना हुदाँ पाईलटकाे ज्यान गयाे

0
1042

पाेखरा ।  पाेखरामा साेमबार दिउँसो ल्याण्ड गर्ने क्रममा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाेखरा -२८ का ३८ बर्षीय पाईलट राजु गैरे नेपालीको ज्यान गएको छ।

पाेखराकाे सराङकाेटबाट साेमबार दिउँसो अन्दाजी १ बजेको समयमा उडान भरेर ल्यान्ड गर्ने क्रममा पाेखरा -१८ क्यामचाेकमा प्याराग्लाईडिङ दुर्घटना भएको प्रदेश प्रहरी कार्यलय पाेखराले जनाएको छ।

गम्भीर घाइते पाईलट नेपालीलाई उपचारका लागि पाेखराकाे मेट्राेसिटी हस्पिटल लगिएपनि चिकित्सकले मृत घाेषणा गरेका थिए।

यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भैरहेको    जानकारी दिए । घटनाको कारण अहिले खुलिसकेको छैन ।