क्रियाशील पत्रकार महिला  (डब्लु डब्लु जे ) तनहूँको अध्यक्षमा कंडेल

0
470

 

तनहुँ ।  क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )  तनहुँको अाईतवार तनहुँमा सम्पन्न अाठाैं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनले  विमला दुवाडी कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाेछ।

समूहको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा करिष्मा गुरुङ छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता विक र मुना कालिराज विके छन् ।

अधिबेशनकाे उद्घाटन गर्दै व्यास नगरपालिकाका उप-प्रमुख मीरा जाेशीले सामाजिक रुपान्तरणका लागि पत्रकार महिलाको महत्त्वपूर्ण भुमिका रहने बताईन्।

उनले मिडियामा महिलाका सवालमा कम समाचार प्रकाशन /प्रसारण हुने गरेको उल्लेख गर्दै जिम्मेवार पदमा रहेका महिलाको समाचारलाई पनि संचार माध्यमले उचित स्थान नदिएको गुनासो गरिन्। पत्रकार महिलाको क्षमता अभिबृद्दिका लागि नगरपालिका सधैं तयार रहेको उनको भनाइ थियाे।

कार्यक्रममा संस्थापक अध्यक्ष सोनी शर्मालाई सम्मान गरिएको थियो । महिला पत्रकार को हक हित तथा नेतृत्व विकासमा योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।

क्रियाशील पत्रकार महिला(डब्लु डब्लु जे ) तनहुँका अध्यक्ष अन्जना तिमिल्सिनाकाे अध्यक्षतामा भएको कार्यक्रममा क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे ) का केन्द्रीय सदस्य दुर्गा अधिकारी ,साेनी शर्मा ,गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनी,पत्रकार महासंघ तनहुँका अध्यक्ष अाेमकार अाचार्य ,पुर्व अध्यक्ष प्रदिप काफ्ले लगायतले बाेल्नु भएको थियाे।