आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण शुरु

0
649

 

पोखरा । आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण  शुरु भएको छ।  फेस्टिभलमा उद्योगी, साहित्यकार, लेखक, पत्रकार, कलाकार, सेलेब्रिटी एवं विशिष्ट व्यक्तित्व गरी ४० जनाभन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ। साहित्य,कला,संस्कृति लगायतका अन्य विषयका गरी १५ वटा सेसन हुने फेस्टिभलमा थप रोचक सामग्रीहरू समेत समावेश हुने निर्देशक अजित बरालले वताए ।

 

फेस्टिभलको औपचारिक उद्घाटन अघि गजल मेहफिलको कार्यक्रम राखिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ।

सराङकोटस्थित सराङकोट माउन्टेन रिसोर्टमा आयोजित शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल प्रस्तुत भएको थियो ।

 

फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं आयोजकको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

 

सहआयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउन फेस्टिभल र आफूहरूको प्रयास रहेको दाबी गरे । ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ ।

 

बिना थिङ तामाङ, रमेश भुसाल, चन्द्रप्रसाद ढकाल, सिलसिला आचार्य, राजकुमार बानियाँ, डा.रोलिना धिताल, रोशन मिश्र, निश्चल बस्नेत, विश्व पौडेल, आयुषी केसी, प्रियङ्का कार्की, रवीन्द्र पुरी, सोबिता गौतम, स्वेच्छा राउत, हरि खनाल, बिकेश कविन, चन्द्रप्रकाश बानियाँ, दुर्गा कार्की, आभास्ना पाण्डे, केशव दाहाल, कुवेर चालिसे, भाष्कर ढुङ्गाना, अरनिको पाण्डे, आलोक तुलाधर, मनुश्री महत, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, मञ्जुदेवी गुरुङ, सीता सुन्दास, प्रदीप रोदन, अमृत सुवेदी, सौगात वाग्ले, भावना तामाङ, जगन्नाथ लामिछाने, इल्या भट्टराई, यज्ञश, बोनिता शर्मा, दीपक परियार, सोनिका मानन्धर, बसन्त बस्नेत,  डा।अनुप सुवेदी, मिलन बगाले, शिवानी सिंह थारु, प्रकृति भट्टराई बस्नेत, निरञ्जन कुँवर, भिक्कु कश्यप वक्ता एवम् मध्यस्तकर्ता रहनेछन् ।