आज सार्वजनिक बिदा

0
409

पोखरा । सरकारले आज अर्थात पुस १५ गते  सार्वजनिक बिदा दिएको छ । किराँत जातिको उधौली पर्व, योमरी पुन्हि-ज्यापू दिवस(धान्य पूर्णिमा), तमू ल्होसारको अवसरमा सरकारले   सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेश सरकारले पनि तमु ल्हाेसारका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी कार्यलय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय २०७६ चैत २२ गतेकाे गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदबाट गरेको थियाे।