पाेखरा ।पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि अध्यक्षका उमेदवार विन्दु काेइराला सुवेदीले स्वतन्त्र समूह घाेषणा गरेकी छन्।बुधबार पत्रकार सम्मेलन गरी सुवेदीले समूह घाेषणा गरेकी हुन्।
सुवेदीसमूहको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराज बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् ।
यस समूह बाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी दिइएको छैन । बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला प्यानलका पवन प्रजापतिलाई नै समर्थन गर्दै उमेदवारी नदिइएको सुवेदीसमूहले जनाएको छ । । उद्योग तर्फको उपाध्यक्षमा पहिले नै २ जनाको उमेदवारी परिसकेकाले सो पदमा पनि उमेदवारी दिइएको छैन ।
सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो समूह बाट उमेदवारी घोषणा भएको छैन ।
संघमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । अध्यक्षका प्रत्यासी विन्दु कोईराला सुवेदीले महिलापनि नेतृत्वका लागि सक्षम छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि पनि आफू उमेदवार भएको बताईन् ।
संघको आगामी पुस २४ र २५ गते महाधिवेशन हुन लागेको हो ।