सुनचाँदीको भाउ बढ्यो

0
513

काठमाडौं । साताको तेश्रो दिन आज मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुन आज १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४०० मा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३३५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३२५ मा कारोबार भएको थियो ।