पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ ले राष्ट्रिय परिचयपत्र विवरणकाे दर्ता कार्य सुरु गरेको छ।
बुधबार पाेखरा महानगरपालिका वडा नम्बर ३ काे कार्यलयमा अायाेजना गरिएको कार्यक्रममा पाेखरा -३ का वडाअध्यक्ष रविन्द्र वहादुर प्रजु र समाजसेवी माेतिमान शाक्यकाे विवरण भरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ताकाे शुभारम्भ गरिएको थियाे।
साे कार्यक्रममा पाेखरा -३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुले राष्ट्रिय परिचयपत्रकाे महत्त्वका विषयमा जानकारी गराएका थिए।उनले पाेखरा -३ का सम्पुर्ण वडावासीलाई राष्ट्रिय परिचयपत्र विवरणकाे दर्ता कार्यक्रममा सहभागी हुन अनुराेध समेत गरेका छन्।
पाेखरा -३ कि वडा सचिव चन्द्रावती वाग्लेले विहान १० बजेदेखि बिवरण दर्ता कार्य सुरु हुने जानकारी दिदै विवरण दर्ताका लागि वडा कार्यलयमा क्यामरा,कम्प्युटर लगायतका अाबश्यक उपकरण राखिएको जानकारी दिईन्।
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि नागरिकता,विवाह दर्ताको प्रमाणपत्र ,पासपोर्ट ,बसाइँसराइकाे प्रमाणपत्र लगायतका कागजात अाबश्यक पर्ने पनि वडा सचिव वाग्लेले जानकारी दिईन्।
पाेखरा महानगरपालिका वडा नम्बर ३ काे कार्यलयमा विहान १० बजेदेखि राष्ट्रिय परिचयपत्र विवरणकाे दर्ता कार्य सुरु हुने उनले जानकारी दिईन।
जिल्ला प्रशासन कार्यलय कास्कीले पाेखरा -३ मा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि खटाएको ४ जनाकाे टाेलीले १५ दिनसम्ममा विवरण दर्ता कार्य सक्ने गरि काम सुरु गरिएको दर्ता अपरेटर सुरज तिमिल्सिनाले पाेखरा पाेष्ट डटकमलाई जानकारी दिए।
कार्यक्रममा पाेखरा -११ का अध्यक्ष माेहन बास्तोला,पाेखरा -३ का वडा सदस्य लक्ष्मी पराजुली ,पाेखरा -३ का नेकपा अध्यक्ष भिम बहादुर गुरुङ ,नेपाली काँग्रेस पाेखरा -३ का सभापति दिलिप गीरी,समाजसेवी माेतीमान शाक्य ,रमा सिके ,संचारकर्मी सरिता तिमिल्सिना पगेनी ,अन्जु वराल लगायतको सहभागिता रहेको थियो ।
सरकारले ३ बर्ष भित्र सम्पुर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ।