सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ सार्वजनिक

२९ पुष २०७७, बुधबार

 

धादिङ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् ।

बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोडुसरको रुपमा रहनुभएको छ ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ । यसैगरी मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ ।

धादिङका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त गितको भिडियो सार्वजनिक भएपछि दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

Leave a Reply