पाेखरा।जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा काेईराला निर्वाचित भएकी छन्।शनिबार पाेखरामा सम्पन्न निर्वाचनमा बलराम गाैतम र धर्मराज अर्याललाई पछि पार्दै काेईराला निर्वाचित भएकी हुन्।
संयुक्त सहकारी प्यानलकी काेईराला १९८ मत प्राप्त गरी विजयी भईन भने गाैतमले ७८ मत प्राप्त गरे।त्यसैगरी अर्का उमेदवार धर्मराज अर्यालले ३६ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा छविलाल लामेछानेको २२२ मत प्राप्त गरी विजयी हुँदा उमराज बास्तोलाको ८१ मत प्राप्त गरे । महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत प्राप्त गरिन् ।
महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी हुँदा ठाकुर पोखरेलले ७९ मत प्राप्त गरे । कोषाध्यक्षमा नवराज बरालले २०० मत प्राप्त गरी विजयी हुँदा लक्ष्मण कोइरालाको १०३ मत प्राप्त गरे ।
विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भए । महिला सदस्यमा कौशिला गुरुङ (२०६), चन्द्रकुमारी पराजुली, (२१७), मैनादेवी रावत (१९१), बिना लोहनी (२४८) विजयी भएका छन् ।
खुल्ला सदस्यमा खेमबहादुर गुरुङ (१८६), धनराज पुरी (१६०), लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ (१८७), लेखा समिति सदस्यमा रमण पौडेल (२०२), बिमला कुमारी थापा बस्नेत (१८०) मत प्राप्त गरी विजयी भएका छन् ।