काठमाडौं । नेपालमा बिहिबार १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । उक्त खोप भोली(विहीबार) नै नेपाल आइपुग्नेछ ।
भारत सरकारको अनुदानमा १० लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आज मन्त्रालयमा आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।
पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले, मित्रराष्ट्र भारतले छिमेकीको नाताले अनुदानमा दिएको खोप ७२ प्रतिशत नेपाली जनसंख्यालाई दिईने बताए ।
मन्त्री त्रिपाठीका अनुसार पहिलो खेपमा आएको कोरोना विरुद्धको खोप पहिलो योद्धाका रुपमा रहेका चिकित्सक, स्वास्थ्यकर्मि, सरसफाईकर्मि, एम्वुलेन्सचालक, शवव्यवस्थापनमा खटिनेहरु, सुरक्षाकर्मि कोरोना विरुद्धको युद्धमा प्रथप योद्धा भएकोले प्रथम खेपमा आएको खोप उनीहरुलाई लगाईने बताए । पहिलो प्राथमिकतामा राखिएकाहरुको लागि खोप लगाईसकेपछि बाँकी खोप जोखिममा परेका विरामीको लागि लगाईने भएको छ ।
मन्त्री त्रिपाठीले भारतले अनुदानमा दिएको खोप बाहेक अन्य खोप खरिद प्रक्रियाबाट ल्याउन लागेको बताउँदै ल्याउनका लागि सबै प्रक्रिया पूरा भएको जानकारी दिए । त्रिपाठीले नेपाल सरकारले नेपालमा कोरोना विरुद्धको खोप ल्याउने निश्चितता भएपछि नयाँ आशा र विश्वास जागेको बताए ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।