कवि वसन्त चालिसेद्वारा लिखित श्रीस्वस्थानी सिलाेक महाकाव्य सार्वजनिक

0
965

 

पाेखरा। पाेखराका कवि वसन्त चालिसे द्वारा लिखित श्रीस्वस्थानी सिलाेक महाकाव्य सार्वजनिक भएको छ।शनिबार एक कार्यक्रम वीच पृथ्वीनारायण क्याम्पस,नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्याैपानेले पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तक सार्वजनिक गर्दै कार्यक्रममा प्रमुख अतिथि न्याैपानेले काव्य यात्रामा कवि चालिसेले महाकाव्य लेखन मार्फत छलाङ मारेको बताए ।श्रीस्वस्थानी व्रत कथालाई सिलाेकमा उतारेर कवि चालिसेले हिन्दु धर्म र संस्कृतिको उन्नयनमा महत्त्वपूर्ण याेगदान दिएको वताए ।कार्यक्रममा बाेल्दै न्याैपानेले पृथ्वीनारायण क्याम्पस नेपाली विभागले सर्जकका पुस्तक संग्रहित गरेर राख्ने कार्यलाई अगाडि बढाएको समेत जानकारी गराए।

छन्द बचाऊँ अभियानका सञ्चालक माधव वियाेगीले साहित्यले समाजकाे भावना र मर्म बुझ्न सक्नु पर्छ भन्दै श्रीस्वस्थानी ब्रतकथालाई कवि चालिसेले सिलाेकमा सरलिकृत गरेर सबैलाई पढ्न र बुझ्न सहज वनाएकाे वताए ।

पुस्तकका सर्जक वसन्त चालिसेले सनातन वैदिक धर्ममा अाधारित भएर प्रत्येक वर्ष पाैष शुक्ल पुर्णिामा देखि माघ शुक्ल पुर्णिामा सम्म वाचन गरिने श्रीस्वस्थानी व्रत कथालाई सामान्य लेखपढ गर्ने व्यक्तिले पनि बुझ्न सकाेस् भन्ने उदेश्यले महाकाव्य तयार पारेको जानकारी दिए।

गीताञ्जली साहित्य परिवारकाे अायाेजना एवं न्युरोड महिला उत्थान मञ्चकाे सहअायाेजनामा भएको कार्यक्रममा पाेखरा -३ का वडा अध्यक्ष रविन्द्र वहादुर प्रजु,नेपाल जागरण अभियानका अध्यक्ष छन्दमणी त्रिपाठी ,नेपाली काँग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देल ,क्रियाशील पत्रकार महिला समूह गण्डकी प्रदेशका अध्यक्ष सरिता तिम्सिना पगेनी, अन्तरास्ट्रिय साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गा शाह बाबा ,साहित्यकार असफल गाैतम,नारी प्रतिभा वाङमय प्रतिष्ठानका सचिव लक्ष्मी थापा,न्युरोड महिला उत्थान मंचका अध्यक्ष अम्विका भण्डारी ,साहित्यकार चन्द्रावति वाग्ले , साहित्यकार भानु भण्डारी क्षितिज लगायतले वाेलेका थिए।

शार्दुलविक्रीडित छन्दकाे लयमा वाचन गरिने गरी लेखिएको पुस्तकमा श्रीस्वस्थानी व्रतकथाकाे ३१ अध्यायलाई नै समेटिएको छ।

कार्यक्रममा पुस्तकका प्रकाशक सम्झना श्रेष्ठ ,विकास /सुनिता श्रेष्ठ ,विकल श्रेष्ठ /पुवीन श्रेष्ठले र विशाल श्रेष्ठलाई सम्मान समेत गरिएको थियाे।