कलाकार धन बहादुर गायकको निधन

0
634

 

पोखरा  कलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ ।

पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायतका गीतहरु चर्चित छन् ।

उनी राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा संगीत शिक्षक पनि रहेका थिए ।

उनको डाँफे कला मन्दिर , संगीत प्रशिक्षण केन्द्र,झलकमान गन्धर्व सारंगी पाठशालामा संलग्नता  रहेको थियो ।

उनले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा–१६ बाटुले चौरस्थित गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउँदै आइका थिए ।