बालुवाटारमा   विरोध प्रदर्शनमा उत्रेका मानव  अधिकारकर्मी पक्राउ

0
857

पाेखरा  ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।प्रतिनिधि सभा विघटनविरुद्ध उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए  ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी,केन्द्रय सभापति उत्तम पुडासैनीसहितका २६ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।