पाेखरा। क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )काे अाईतवार काठमाडौंमा सम्पन्न ११ अाैं साधारणसभा तथा छैटौं अधिबेशनले राष्ट्रिय समाचार समितिका पुर्व महाप्रबन्धक निर्मला अाचार्यकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ।
उपाध्यक्षमा रामकला खड्का ,महासचिवमा चन्दा विष्ट,सचिवमा रमिता लामा र काेषाध्यक्षमा रुकमणि पाेखरेल चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरुमा संगीता लामा,साेनी शर्मा ,दीपा अाले,शाेभा मानन्धर ,सीता विके,दुर्गा अधिकारी र बरिस्ठ सदस्यमा अमिका राजथला चयन हुनु भएको छ।
अधिबेशनकाे उद्घाटन प्रेस काउन्सिलका सदस्य दिपक पाण्डे र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले गर्नु भएको थियाे।
कार्यक्रममा बाेल्दै महासचिव विष्टले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा महिलाको सहभागीता बढ्नु सकरात्मक रहेको बताउनु भयाे।
काउन्सिलका सदस्य पाण्डेले पत्रकार महिलाको हकहितका सवालमा अाफुले सधैं साथ दिने बताउनु भयाे।
सन् २००६ मा स्थापना भएको यस संस्थामा नेपालका विभित्र संचारगृहमा क्रियाशील व्यवसायीक महिला पत्रकारहरु अाबद्द रहेका छन्।