पाेखरा । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीले दैलेखको महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।
पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट २०६१ साल साउन २७ गते मारिएका थिए ।
माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।