सोनाम ल्होछारमा माघ ३० गते सार्वजनिक बिदा

0
476

पाेखरा । सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिनुभएको छ ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो ।