११ बुँदे घोषणा पत्र जारी गर्दै तेस्रो ऐतिहासिक बेटी सम्मेलन हेटौडामा सम्पन्न

0
438

पाेखरा।  ११ बुँदे घोषणा पत्र जारी गर्दै तेस्रो ऐतिहासिक बेटी सम्मेलन हेटौडामा सम्पन्न भएको छ । मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले अायाेजना गरेकाे    सम्मेलनले सार्वजनिक स्थलहरुमा सेनीटरी प्याड अनियार्व सरकारले उपलब्ध गराउनु पर्ने, अासनमा  महिला–भाषणमा महिला र बलात्कार गर्नेबिरुद्ध फाँसीको सजाय समेत  हुनुपर्ने माग गरेको छ ।

कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए ।

 

पूर्व शिक्षामन्त्री चित्रालेखा यादव, हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतल, गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियार लगायतको उपस्थिती रहेको  मासवेशका अध्यक्ष नजबुल खानले बताईन् ।

 

सुसिला श्रेष्ठले सहजीकरण , सानु चौधरीको व्यवस्थापन ,सरिता राईले सञ्चालन गरेको कार्यक्रममा बिमला सुनुवारले स्वागत मन्तव्य राखेकी थिईन् ।

सम्मेलनमा बोल्दै आभासा अभियानका राष्ट्रिय संयोजक नजबुल खानले बलात्कार बिरुद्ध राज्यले कडा कानुन ल्याउनुपर्ने माग गरिन् । उनले बलात्कारमा संलग्नलाई फाँसीसम्मको सजाय हुनुपर्ने बताइन् ।

त्यस्तै विशेष अभियान आभासा अन्तर्गत बागमती प्रदेशस्तरीय समिति पनि गठन भएको छ ।

समितिको अध्यक्षमा  मिरा सेनतान, महासचिव रेनुका फूयाल, प्रवक्ता शक्ति शिवाकोटी रहेका छन् ।

त्यस्तै २१ सदस्यीय समितिको अन्य सदस्यहरुमा बिमीरा श्रेष्ठ, समित्रा थिड, शान्ति वाईवा, मिना बल, मुना पाठक, रश्मी थिड, मानवी बाँनीया, सिर्जना नेपाल, रेजिना माझी, मिना श्रेष्ठ, टीका पौडेल, सिर्जना अर्याल रहेका छन् । त्यस्तै बाँकी ३ सदस्य पछि मनोन्यन गरिने बताइएको छ ।

 

हेटौडाको हेटौडा उपमहानगरपालिकास्थित होटल एभोकाडो गुँरास हलमा आयोजित तीन दिने सम्मेलनमा देशभरका महिला प्रतिनधिहरुको सहभागिता रहेको थियो ।