बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनामाथिको अनुसन्धान प्रहरीले साँघुरो बनाउँदै लगेको छ । चिनेजानेको व्यक्ति नै घटनामा संलग्न रहेको निष्कर्षसहित प्रहरीले नजिकका व्यक्तिलाई उच्च निगरानीमा राखेको छ । तर, प्रहरीले ‘आइ विटनेस’को खोजी गरिरहेको छ । अहिलेसम्म कसैले साविति बयान भने दिएका छैनन् ।
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पनि प्रहरी अन्य प्रमाण मार्फत शंकास्पद व्यक्तिसम्म पुगेको थियो । तर, ‘आइ विटनेस’ नहुँदा प्रहरीको अनुसन्धान फितलो हुन पुग्यो । निर्मला प्रकरणबाट पाठसिकेको प्रहरीले भागरथी घटनामा अन्य प्रमाणसँग मिलाएर ‘आइ विटनेस’को खोजी गरिरहेको छ । प्रहरीको शंकाको घेरामा रहेका ५ जनामध्ये एक पुरुषको शरीरमा चोट देखिएको छ । प्रहरीले क्लोज शंकाको घेरामा परेका ती ब्यक्तिमाथि निग्रानी गरिरहेको छ ।
kantipur