पाेखरा।हवाई ईन्धनसहित पेट्रोलियम पदार्थको मुल्य नेपाल अायल निगमले बढाएसंगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडामा लाग्ने सरचार्ज बढाएका छन्।
शुक्रबारबाट लागू हुने गरि भाडा बढाईएकाे वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ।
नेपाल आयल निगमले आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नयाँ सरचार्ज अनुसार माउण्टेन फ्लाइटतर्फ साविकभन्दा १७० रुपैयाँ बढी पर्ने भएको छ ।
काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढीका लागि सरचार्ज २२० रुपैयाँ थप भएको छ । काठमाडौंबाट नजिकको गन्तब्य सिमराका लागि ४५ रुपैयाँ इन्धन मूल्य थप भएको छ । विराटनगरबाट पोखरा उडानको भाडामा १६५ रुपैयाँ थप हुने छ ।
नेपाल अायल निगमले अान्तरिक उडानको हवाई ईन्धनमा प्रतिलिटर ५ रुपैया बढाउने निर्णय गरेसंगै वायुसेवा सञ्चालक संघ नेपालले स्वचालित प्रणाली अनुसार मुल्य बढाउने निर्णय गरेकाे जनाएको छ।हवाई व्यवसायीकाे उक्त निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ।