पाेखरा । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ४८ जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको जानकारी दिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएका हुन् ।
हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल ९२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५१ जना क्वारेन्टिनमा छन् ।