पोखरा ।राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति निवासमा मंगलबार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेतालाई बोलाइएको छ ।
दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप उहाले छलफलका लागि बोलाउनु भएको बताइएको छ ।