पोखरा । पोखराका पत्रकार हीमनीधि लौडारी पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत भएका हुन् ।
पत्रकार लौडारीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
रमेश पौडेल संयोजक, भोला बराल, विमला भण्डारी, नवीन सिग्देल, प्रदीप पौडेल र कुशल बराल सदस्य रहेको छनोट समितिले लौडारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
२०४८ सालदेखि पत्रकारितामा सक्रिय लौडारी हाल रेडियो तरंग र हिमदूत दैनिकका सञ्चालक हुन् ।