पत्रकार महासंघको लेखा समिती सदस्य पदमा देवी सापकोटाको उम्मेदवारी

0
570

काठमाडौं । नेपाल पत्रकार महासंघको यहीँ चैत २५ गते हुन लागेको निर्वाचनमा लेखा समिती सदस्य महिला पदका लागि देवी सापकोटाले उमेदवारी दर्ता गराएकी छन्। नेपाल प्रेस युनियन नेतृत्वको गठवन्धनले उनलाई लेखा समिती सदस्य महिला पदका लागि उमेदवार वनाएको हो ।

लामो समय देखि नवलपुर र काठमाडौंलाई कार्यक्षेत्र वनाएर सक्रिय पत्रकारिता गर्दै आएकी सापकोटा फ्रेस न्युज नेपालमा सम्पादकको रुपमा कार्यरत छिन। संगी मासिकको सम्पादकको जिम्मेवारी सम्हालेकी सापकोटाले नेपाल टेलिभिजनका लागि भूकम्प पछिको पूर्ननिर्माणका बिषयमा टेलिभिजन कार्यक्रम समेत उत्पान गरेकी थिइन ।

बिपद व्यवस्थापन,महिला अधिकारका बिषयमा कलम चलाउदैं आएकी सापकोटाले पत्रकारीताको सुरुवात बिजय एफ.एमबाट गरेकी थिइन । सक्रिय रुपमा सामाजिक सरोकारका मुद्धाहरुमा कलम चलाएका कारण सापकोटालाई उमेदवारका रुपमा अघि सारिएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए।