पाेखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । थप १६७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।
संक्रमित मध्ये २ लाख ७२ हजार ७२७ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ३९० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ९८.४ प्रतिशत छ ।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३० जना पुगेको छ ।