पाेखरा । नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित ‘आवास गृह’लाई अक्सिजनसहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ।
महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरिरहेको छ ।
प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
फ्रन्टलाइनमा खटिने पत्रकारहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दैै महासंघले यसअघि सूचना जारी गर्दै सञ्चारकर्मीहरुलाई सुरक्षित रहेर समाचार संकलन गर्न आग्रह गरेको थियो ।
महासंघले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरूलाई अनुरोध गरेका छ ।