पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख शेरचनलाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।
शेरचनको स्थानमा नयाँ प्रदेश प्रमुखमा सीता पौडेल तोकिएकी छन् ।
शेरचनसंगै सुदूर पश्चिम प्रदेशकी शर्मिला कुमारी पन्तलाई समेत राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन् ।
उनको स्थानमा गंगाप्रसाद यादवलाई तोकिएको छ । नयाँ प्रदेश प्रमुख दुवै जनालाई शपथ ग्रहण गराउने तयारी भइरहेको बताइन्छ ।
गण्डकीका प्रदेश प्रमुख शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख पन्त माओवादी केन्द्र निकटका हुन् ।