कोरोना संक्रमणबाट पोखराका ६ सहित गण्डकीमा ११ जनाको मृत्यु

0
271

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका ६ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसा र संक्रमणबाट मृत्यु हुनेमा पोखरा १७ का ५३ बर्षीय एक पुरुष, पोखरा ९ की ३१ बर्षीय एक महिला, पोखरा २ की ५८ बर्षीय एक महिला, पोखरा १९ का ५८ बर्षीय एक पुरुष, पोखरा १२ की ३५ बर्षीय एक महिला रहेका छन् ।

त्यस्तै पर्वत कुश्मा नगरपालिका १३ का ४२ बर्षीय एक पुरुष, रुपन्देही सिद्धार्थनगरपालिका ८ का ६० बर्षीय एक पुरुष, स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ बर्षीय एक पुरुष, म्याग्दी मालिका गाउँपालिका ५ का ५८ बर्षीय एक पुरुष र स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० बर्षीय एक महिलाको संक्रमणबाट ज्यान गएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ६२ पुगेको छ ।