एसईई र कक्षा १२ को परीक्षा स्थगित

0
343

पाेखरा ।माध्यमिक शिक्षा परीक्षा  (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

 

कोरोना संक्रमण बढ्दै गएपछि आज बसेको राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

 

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

 

अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।