पोखरा । पोखराका पत्रकार गणेश पौडेलको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान गण्डकी मेडिकल कलेज पोखरा उपचारका क्रममा निधन भएको हो ।
४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विगत डेढ दशकदेखि पोखराको पत्रकारितामा सक्रिय पौडेल पोखराबाट संचालित गण्डकी मिडिया हाउस अन्तर्गत गण्डकी टेलिभिजनमा कार्यरत थिए । कास्की जिल्लाकाे पोखरा–३३ बागमारा निवासी स्वर्गीय पौडेलका श्रीमती र दुई छोरा छन ।