पाेखरा । कोरोना संक्रमणबाट आज एकै दिन २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ९७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार २४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २७ लाख १२ हजार ५६२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।