Home ब्रेकिङ्ग न्युज काेभिडका विरामी बाेक्न कास्की काँग्रेसद्वारा एम्बुलेन्स सेवा निशुल्क

काेभिडका विरामी बाेक्न कास्की काँग्रेसद्वारा एम्बुलेन्स सेवा निशुल्क

0
काेभिडका विरामी बाेक्न कास्की काँग्रेसद्वारा एम्बुलेन्स सेवा निशुल्क

 

पोखरा । नेपाली काँग्रेस कास्कीले  एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।
‘संक्रमितका लागि नै एम्बुलेन्स सेवा हो, सभापति केसीले भन्नुभयो, समस्यामा परेकाको सहयोगमा जुट्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु।’
पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रवन्ध निर्देशक एवं नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराउनुभएको हो । उहाँले गाडीको चावि नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गर्नुभयो ।
कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट, प्रवक्ता नवीन सिग्देल र नेपाली काँग्रेस क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला र समाजसेवी ध्रुव थापाको उपस्थितिमा सेवा शुभारम्भ गरिएको छ।
एम्बुलेन्सका रुपमा पार्टीले ग.३.च ८८२ र ग.३.च २२६० नम्बरका गाडी संचालन गरेको छ ।
एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२ मा सम्पर्क गरि समन्वय सकिने छ ।
कास्की काँग्रेसको वैशाख २६ गतेको बैठकले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो ।