काेराेना संक्रमणबाट गण्डकीमा २८ जनाको मृत्यू

0
315

 

कास्की।गण्डकी प्रदेशमा  पछिल्लो पटक काेराेना संक्रमणबाट २८ जना कोरोना संक्रमितको   मृत्यु भएको छ । पछिल्लो पटक कास्कीमा ९ सहित गण्डकी प्रदेशमा २८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार  स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २÷२ तथा मुस्ताङ, म्याग्दी र गोरखामा १÷१ जना कोरोना संक्रमितको मृत्यू भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ३ सय ८३ पुगेको छ ।