पाेखरा ।नेपाल पत्रकार महासंघले लुम्बिनी प्रदेश समितिका सदस्य एंव एभिन्यूज टेलिभिजनका कपिलवस्तु सम्वाददाता गोपाल भण्डारीलाई समाचार संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेबाट गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जेठ ४ गते नागरिक समाजका तर्फबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार भण्डारीलाई पाण्डेले तस्बिर खिच्न रोक लगाउँदै दुर्व्यवहार गरेका थिए ।
सार्वजनिक निकायमा बसेका जिम्मेवार व्यक्तिबाट स्वतन्त्र रुपमा पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि दुर्व्यवहार गरिनु आफैंमा निन्दनीय र प्रेसविरोधी भएको महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।